बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ पुस २९ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चेश्वर गाउँपालिका-४ का २३ वर्षीय प्रविन चन्दलाई पुष २८ गते गिरफ्तार गरेको छ ।

पुस १५ गते किशोरीको घरमै गएर बलात्कार गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कर्यालय, बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

सामूहिक रुपमा उक्त बलात्कारको घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी अधिकारीले बताउनुभयो ।

उक्त घटनामा अन्यको पनि संलग्नता रहेको बुझिन आएकाले घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

पीडित बालिकाको उद्धार गरी जिल्ला अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा राखिएको छ । सुरक्षा सहितको उपचार सेवा र परामर्श सेवा दिने उद्देश्यलाई पीडित बालिकालाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा राखिएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २९ गते जिल्ला अस्पतालमा गरिएको छ ।


नरी बडु