बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–४ का २० वर्षीय राजन विकलाई प्रहरीले पुस २९ गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई पुस २४ गते बलात्कार गरेको भन्दै सोही दिन पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २५ गते दैलेख जिल्ला अस्पतालमा भएको डाक्टर जिना सापकोटाले बताउनुभयो ।
अमर सुनार
सम्बन्धित समाचारहरू
गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा
मालिकार्जुन गाउँपालिकाको कार्यालयमा पुस २४ गतेदेखि गरिएको तालाबन्दीका कारण स्थानीय सेवाग्राहीले समस्या झेल्नु परेको छ । भवन निर्माणको विषयलाई लिएर ११ दिनदेखि तालाबन्दी गरिएको गाउँपालिकाको कार्यालय सुचारु गर्न जनप्रतिनिधिहरुले चाँसो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ माघ ४ गते जुगल गाउँपालिका–३ गुम्बाका २५ वर्षीय दावारेञ्जन लामालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २८ गते आरोपितले विवाह गर्छु…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रामपुर नगरपालिका–५ बेझाडबजारकी ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा प्रहरीले पति ५९ वर्षीय बुद्धि दराईलाई माघ ४ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा रमालाई उनका पतिले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…