बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ पुस २९ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकलाई प्रहरीले ०७७ पुस २८ गते सुनकोशी गाउँपालिकाबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस २५ गते घरमा डाकेर बलात्कार गरेको पीडितपक्षको आरोप छ ।

पीडितपक्षले जिल्ला प्रहरी कार्यालयमा पुस २८ गते आरोपित बालकविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनु भयो  ।

पीडितको स्वास्थ्य परीक्षण पुस २८ गते चौतारा अस्पतालमा गरिएको छ ।


नातिबावु धिताल