बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ पुस २८ गते

६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–३ काँटा गाउँका ३७ वर्षीय रसिद सफिक मोहम्द जुल्लाईलाई पुस २७ गते  घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  पुस २७ गते बलात्कार गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा पीडितले पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिनु भयो ।

उजुरीका आधारमा कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका  डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २७ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।


रीमा बिसी