बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ पुस २८ गते

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मी घर भई हाल पोखरा महानगरपालिका–२६ चापाचौर बस्ने ५७ वर्षीय पुर्णबहादुर थापालाई पुस २५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले घरमा कोही नभएको बेला बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध पुस २५ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवन श्रेष्ठले इन्सेक  प्रतिनिधिलाई जानकारी दिनुभयो ।

उहाँले आरोपितविरुद्ध जिल्ला अदालत कास्कीबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २६ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।


सुशन घिमिरे