बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ पुस २२ गते

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–९ का ५० वर्षीय बाबुलाई पुस २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पाँच महिनायता बलात्कार गर्दै आएको र बालिका बिरामी भएपछि पुस १९ गते उपचारका लागि विराटनगरस्थित एक अस्पतालमा आएको समयमा बालिकाले डाक्टरसँगको कुराकानीमा घटना बारे बताएपछि अस्पताल प्रशासनले जिल्ला प्रहरी कार्यालय मोरङलाई खबर गरेको थियो ।

मोरङ प्रहरीको सहयोगमा आरोपितलाई पुस २० गते विराटनगरबाट अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा पुस १९ गते गरिएको छ ।


जयकृष्ण यादव