बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका– ३ मनरी निवासी २८ वर्षीय रामचन्द्र चौधरीलाई पुस २० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७७ असोज २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले पुस १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीकाा आधारमा गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु लामाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १५ गते  पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।


नारायण पराजुली