बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ पुस १५ गते

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रपुर नपा–७ का २२ वर्षीय दिनेश दास तत्माले पुस १३ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाको आमाले पुस १५ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा उजुरी दिएकी छन् ।

पीडित बालिकाको उपचार चन्द्रनिगाहापुर अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी हेमबहादुर शाहीले बताउनुभयो ।

पीडितकी आमाको उजुरीका आधारमा आरोपितलाई पुस १५ गते गाउँबाट नै गिरफ्तार गरी अनुसन्धान गरिरहेको डिएसपी शाहीले बताउनुभयो ।


कोपिला तिमल्सिना