बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ पुस १३ गते

१६ वर्षीया बालिका बलात्कार घटनाका आरोपित शारदा नगरपालिका–४ का २२ वर्षीय शुरेस बस्नेत र सोही ठाउँका २२ वर्षीय मनोज गिरीलाइ प्रहरीले पुस १० गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई पुस ८ गते घरमै बलात्कार गरेको भन्दै विभिन्न संघ संस्थाको पहलमा पुस १२ गते जिल्ला प्रहरी कार्यालयमा आरोपितहरू बिरुद्ध उजुरी दर्ता गरिएको डीएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा पुस १० गते गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।


मिना बुढाथोकी