बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ मङ्सिर २४ गते

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका४ का ४५ वर्षीय जिवा गिरी, सोही गाउँपालिका५ का २६ वर्षीय मोहन कार्की र १८ वर्षीय बालकलाई मङ्सिर २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितहरूले मङ्सिर २२ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन प्रहरी अर्खाबाङमा उजुरी दिएका थिए । आरोपितहरू भाग्नलागेको अवस्थामा गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरीले जनायो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २४ गते जिल्ला अस्पतालमा गरिएको छ ।


टोपलाल अर्याल