बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका–४ पाङताङका २१ वर्षीय झिल्के श्रेष्ठलाई प्रहरीले ०७७ मङ्सिर २७ गते आरोपितकै घरबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।
मङ्सिर १८ गते फकाएर आफ्नै घरमा लगि पटक/पटक बलात्कार गरेको भन्दै पीडितले आरोपित विरुद्ध मङ्सिर २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी सापकोटाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते चौतारा अस्पतालमा गरिएको छ भने आरोपितलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्ष ११ महिना १८ दिनका बालकलाई जिल्ला अदालतले फागुन १३ गते ३ वर्ष ४ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश चन्द्रमणी…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १६ गते)
फागुन १६ गते ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
बलात्कारको झुठा उजुरी दिनेलाई कैद र जरिबानाको फैसला
राम्रो बोल्न नसक्ने ३१ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै झुठा उजुरी दिएको कसुरमा उनकी आमालाई फागुन १४ गते एक महिना कैद सजायको फैसला भएको छ । न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले…
बादी समुदायको समस्या समाधान गर्न अधिकारर्मीको माग
पाँच दिनदेखि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी आन्दोलनरत सुर्खेत, दैलेख, कालीकोट, जाजरकोटका बादी समुदायको समस्या सम्बोधन गर्न अधिकारकर्मीहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् । गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी…
प्रतिबन्धित नेकपाका तीन जना नेता कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सप्तरी ‘जन सरकार’ प्रमुख खडक नगरपालिका–३ बनरझुल्लाका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डल तथा सिरहा/सप्तरी जिल्ला सदस्यहरु राजबिराज नगरपालिका–४ का उदय उपनामका…