बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ मङ्सिर १९ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उमकुण्ड गाउँपालिका– ५ का २१ वर्षीय राजकुमार खड्कालाई प्रहरीले ०७७ मङ्सिर १८ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताउनु भयो ।

बालिकालाई मङ्सिर १७ गते साँझ शौचालय गएको अवस्थामा बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपित विरुद्ध मङ्सिर १८ गते इलाका प्रहरी कार्यालय प्रीतिमा उजुरी दिएका दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण ०७७ मङ्सिर १८ गते स्वास्थ्य चौकी प्रीतिमा गरिएको छ ।


नवराज पथिक