बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ मङ्सिर १६ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मोहन्याल गाँउपालिका–६ का १९ वर्षीय जीवन शाहीलाई प्रहरीले मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २५ गते बलात्कार गरेको भनी मङ्सिर १४ गते मात्रै थाहा भएकाले वडाध्यक्षको सहयोगले प्रहरीलाई खबर गरेको पीडित बालिकाका काकाले इन्सेक प्रतिनिधिसँगको फोनसम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई मङ्सिर १४ गते गिरफ्तार गरी म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण टिकापुर अस्पताल टिकापुरमा गरिएको प्रहरीले जनायो ।


मैनामोती चौधरी