बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ मङ्सिर ११ गते

४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पति ४४ वर्षीयलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरापितले मङ्सिर ६ गते बलात्कार गरेको भन्दै पीडितले  मङ्सिर ९ गते  इलाका प्रहरी कार्यालय मोतिपुरमा उजुरी दिएको  इलाका प्रहरी कार्यालय, मोतिपुरका इन्स्पेक्टर बिरेन्द्रसिंह थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १० गते बर्दिया  अस्पतालमा गरिएको छ ।


मानबहादुर चौधरी