बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ मङ्सिर ११ गते

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मिर्चैया नपा–११ घर भई हाल लहान नपा–१० मा बस्ने ३५ वर्षीय मोहमद अलि हसनलाई मङ्सिर ९ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताउनु भयो ।

सुस्त मनिस्थितकी युवतीलाई आरोपितले मङ्सिर ९ गते बलात्कार गरेको पीडित युवतीले दाजुलाई बताएपछि न्यायका लागि प्रहरीमा उजुरी गरिएको पीडित पक्षले जनायो ।

पीडित युवतीलाई आरोपितले आरोपितले झारफुकको लागि पहिला पनि लग्ने गरेका र सो दिन पनि झारफुकको लागि लगेकोमा मङ्सिर ९ गते बलात्कार गरेको आरोपमा सोही दिन इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको पीडितका दाजुले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण लहानस्थित रात्तमकुमार उमाप्रसाद स्मारक अस्पतालमा मङ्सिर ९ गते गरिएको छ ।


दुर्गा परियार