बलात्कार घटनाका आरोपित गिरफ्तार
२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बलेफी गाउपालिका–३ धुस्कोटका २७ वर्षीय जयराम तामाङलाई मङ्सिर ८ गते भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका–७ स्थित एक घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।
डिएसपी सापकोटाका अनुसार घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले खोजतलास गर्ने क्रममा भक्तपुरबाट गिरफ्तार गरेको थियो ।
आरोपितले ०७६ जेठ १९ गते पीडितलाई घर नजिक जङ्गलमा लगि बलात्कार गरेको पीडितपक्षको आरोप छ । पीडितले ०७६ जेठ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण सोही दिन चौतरा अस्पतालमा गरिएको थियो ।
प्रहरीले गिरफ्तार गरिएका आरोपितलाई मङ्सिर ९ गते जिल्ला अदालत पेश गरेको डिएसपी सापकोटाले बताउनु भयो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)
फागुन २१ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…