बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ मङ्सिर ५ गते

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपिमा २८ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर ४ गते गिरफ्तार गरेको छ ।

आरोपितले मङ्सिर ३ गते बलात्कार गरेको भनि पीडितले मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालयमा दिनु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्य थापाले बताउनु भयो ।

पीडितको मङ्सिर ४ गते नै भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

हाडनातामा बलात्कार गरेको आरोपमा गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


दिपेन्द्र अधिकारी