बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ मङसिर ३ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ जिल्लाको राप्ती गाउँपालिका–७ घर भई हाल स्याङजाको विरुवा गाउँपालिका–३ बस्ने २१ वर्षीय सिजेन्द्र चौधरीलाई कात्तिक ३० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय स्याङजामा उजुरी दिएको डिएसपी राजेन्द्रप्रसाद अधिकारीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ३० गते जिल्ला अस्पताल स्याङजामा गरिएको छ ।


तिलकुमारी थापा