बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले बुद्धभूमि नपा–४ का २३ वर्षीय जगदिश भरलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले कात्तिक २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय गोरुसिंगेमा उजुरी दिएको थियो ।
उजुरीका आधारमा आरोपितविरुद्ध कात्तिक २४ गते मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका इन्स्पेक्टर कृष्ण राना मगरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक २३ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको थियो ।
पार्वती आचार्य
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १० गते)
वैशाख १० गते २ हजार ४ सय ४९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ९४ हजार ६ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ…
वडाध्यक्षद्वारा सेवाग्राहीलाई दुर्व्यवहार
भिमाद नगरपालिका–८ निवासी ४२ वर्षीय चिरञ्जीवी खनाललाई सोही वडाका वडाध्यक्ष ६१ वर्षीय बुद्धिमान श्रेष्ठले दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनुभएको छ । पीडितलाई आरोपितले ०७८ वैशाख ९ गते वडा कार्यालय नजिकै…
समयमा नै ध्यान पुर्याउन नसके कोभिड महामारी नियन्त्रण बाहिर जानसक्नेतर्फ ध्यानाकर्षण
इन्सेक नेपालगञ्ज र पत्रकार महासङ्घ, बाँकेको समन्वयमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाहरूले बेलैमा ध्यान नपुर्याउने हो भने कोभिड महामारीलाई नियन्त्रण गर्न नसकिने कुरा स्वास्थ्यकर्मीहरुले बताएका छन् । नेपालगञ्जमा कोभिड-१९ का कारण…
तीन महिनामा १ हजार ३ सयभन्दा बढी पीडित, महिला तथा बालिका हिंसाका घटना ७४ प्रतिशत
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२१ को पहिलो तीन महिनामा १ हजार ३ सय ८१ जना पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेकले वैशाख ८ गते जारी गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बालविवाह गरेर बलात्कार गरेको आरोपमा प्रहरीले पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङेका २८ वर्षीय खेमबहादुर लिम्बुलाई वैशाख ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले २०७७ चैत ३१…