बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ भदौ २२ गते

१३ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा दाङ जिल्ला लमही नपा-७ का २६ वर्षीय गोविन्द चौधरीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले खासकुश्मा गाविसबाट भदौ २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई भदौ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीलाई सोही दिन गरेको खबरका आधारमा आरोपितलाई गिरफ्तार गरिएको खबर गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण गराउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर रमेश अवस्थीले जानकारी दिए ।


विनोद पाण्डे