बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ मङ्सिर २ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हुम्ला जिल्ला, ताजाकोट गाँउपालिका–२ घर भई चन्द्रागिरी नगरपालिका–२ बस्ने २३ वर्षीय सोर्नविद लोहारलाई प्रहरीले मङसिर १ गते गिरफ्तार गरेको छ ।

आरोपित लोहारले बालिकालाई मङ्सिर १ गते बलात्कार गरेको आरोपमा पीडितले दिएको उजुरीको आधारमा प्रहरीले गिरफ्तार गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार लोहारले बालिकालाई भेट्न बोलाएर चन्द्रागिरी नगरपालिका–७ मा रहेको अर्जुन सुवेदीको जग्गामा बनाएको टहरामा जबरजस्तीकरणी गरेको भनी पीडित बालिकाले सोही दिन प्रहरीमा उजुरी दिएकी छन् ।

बालिकाको स्वास्थ्य परीक्षण प्रसुति गृह थापाथलीमा मङ्सिर २ गते गरिएको छ । आरोपितलाई मङ्सिर ३ गते जिल्ला अदालत काठमाडौँमा पेश गरिने डिएसपी श्रेष्ठले जानकारी दिनु भयो ।


विमला पौडेल