बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक २८ गते

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–४ का सोविन्द्र रामलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २० गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कात्तिक २१ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपले कात्तिक २१ गते नै उजुरी दर्ता गरेको डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।


मनोहरकुमार पोखरेल