बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक २५ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–१० का १९ वर्षीय प्रेम तामाङलाई कात्तिक २४ गते गिरफतार गरेको छ ।

पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर कात्तिक १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएकोे जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर धर्म अधिकारीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

उहाँले सोही उजुरीको आधारमा आरोपितलाई कात्तिक २४ गते गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २३ गते गोरखा अस्पतालमा भएको छ ।

त्यस्तै १७ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बारा जिल्ला सिम्रनगढ–१ घर भइ हाल पालुङटार नगरपालिका–२ मा ज्याला मजदुरी गरी बस्ने १९ वर्षीय सरोजलाल मुखियालाई जिल्ला प्रहरी कार्यालय गोरखाले कात्तिक २४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिने जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर धर्म अधिकारीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २४ गते गोरखा अस्पतालमा भएको छ ।

 


हरिराम उप्रेती