बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक २१ गते

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवानगञ्ज गाँउपालिका–७ का ३७ वर्षीय महेन्द्रप्रसाद मेहतालाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७६ वैशाख ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरीमा कार्यालयमा ०७७ कात्तिक २० गते उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कमल थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिला सरकारी कर्मचारी रहेको र आरोपितले प्रभावमा पारी बलात्कार गरेको पीडित पक्षको आरोपमा छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २१ गते गरिएको छ ।


जयकृष्ण यादव