बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक २१ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेलम्बु गाउँपालिका–७ इचोकका ४३ वर्षीय निलबहादुर खड्कालाई कात्तिक २० गते प्रहरीले इचोक बजारबाट गिरफ्तार गरेको छ ।

घटनापछि फरार भएका खड्कालाई लुकिछिपि बसेको अवस्थामा गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर फलबहादुर तामाङले जानकारी दिनु भयो ।

आरोपितले ०७७ भदौ ४ गते साँझ पीडितलाई फकाएर पीडितकै घर नजिक रहेको गोठमा लगि बलात्कार गरेको पीडितपक्षको आरोप छ ।

पीडितपक्षले कात्तिक ६ गते इलाका प्रहरी कार्याय मेलम्चीमा उजुरी दिएको इन्स्पेक्टर तामाङले बताउनु भयो ।

इन्स्पेक्टर तामाङका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्चीमा गरिएको थियो ।

 


नातिबावु धिताल