बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक १५ गते

तीन वर्षीया बालिका बलात्कार गरेको आरोपमा गंगाजमुना गाउँपालिका–५ का १८ वर्षीय बालकलाई प्रहरीले कात्तिक १५ गते गिरफ्तार गरेको छ ।

बालिका खेल्न लागेको बेला समातेर आफ्नो घरमा लगेर आरोपितले कात्तिक १४ गते बलात्कार गरेको भन्दै पीडितका परिवारले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १४ गते धादिङ अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका सेवा केन्द्रका प्रहरी निरीक्षक जयन्ती थापाले जानकारी दिनुभयो ।


सीताराम अधिकारी