बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक १३ गते

२२ वर्षीया युवतीलाई उपचार गर्ने बहानामा बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–१० का ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठ र सोही ठाँउकी ४५ वर्षीया जुना राईलाई प्रहरीले कात्तिक ११ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपिले उपचार गर्ने बहानामा कात्तिक १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादर दहालले बताउनु भयो ।

आरोपित श्रेष्ठले झारफुक गरेर उपचार गर्ने र त्यसका लागि जुना राईले घरमा बनाएको मन्दिरमा पुजापाठ गर्नुपर्ने भन्दै पीडित युवतीलाई लगि बलात्कार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

आरोपितले उपचारका बहानामा बलात्कार गरेको र जुना राईले मतियारको रूपमा सहयोग गरेकाले आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरेको एसपी दहालले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ११ गते गरिएको छ ।


भरत खड्का