बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक ५ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले छत्रदेव गाउँपालिका–२का ५५ वर्षीय शंसुद्दीन मियाँलाई  कात्तिक ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक २ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन  जिल्ला प्रहरी कार्यालयमा उजुरी  दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामनारायण गुप्ताले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  कात्तिक २ गते जिल्ला अस्पताल, सन्धिखर्कमा गरिएको छ ।


नारायण भुसाल