बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक ३ गते

नौ, ११ र १२ वर्षीया बालिकाहरूलाई बलात्कार गरेको आरोपमा प्रहरीले भानु नगरपालिका–१० दुधेकुनाका ७२ वर्षीय बलराम सापकोटा र उनका १६ वर्षीय नातीलाई कात्तिक २ गते गिरफ्तार गरेको छ ।

पीडितहरूलाई आरोपितहरूले असार १५ गते र साउन ४ गते उनीहरूकै घरमा गएर पटकपटक बलात्कार गरेको  आरोपमा पीडित पक्षले आरोपितहरूविरुद्ध कत्तिक २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितहरूलाई आरोपितले डरधम्की देखाएको कारण घटना बाहिर आउन समय लागेको पीडित पक्षको उजुरीमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले इन्सेक प्रतिनिधिले बताउनु भयो ।

उहाँले घटनाको उजुरी प्राप्त हुनासाथ पुर्कोट प्रहरी चौकीबाट गएको प्रहरीले आरोपितहरूलाई सोही दिन गिरफ्तार गरेको र आरोपितहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानकोलागि हिरासतमा राखिएको जानकारी दिनुभयो ।

पीडितहरूको स्वास्थ्य परीक्षण कात्तिक २ गते दमौली अस्पतालमा गरिएको थियो ।

 


प्रकाशचन्द्र भट्टराई