बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक २ गते

५५ वर्षीया महिलालाइ बलात्कार गरेको आरोपमा प्रहरीले छत्रेश्वरी गाउँपालिका– ७ तुषारे का ७० वर्षीय व्यक्तिलाई ०७७ कात्तिक १ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपित विरूद्ध पीडित पक्षले कात्तिक २ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्स्पिेक्टर लक्ष्मण ओलीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा कात्तिक १ गते राती गरिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।


मिना बुढाथोकी