बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज ३० गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–१९ वेंगाशिवपुर बस्ने २८ वर्षीय प्रमोद यादव र सोही ठाउँ बस्ने २२ वर्षीय मो. सहजाद आलमलाई असोज २८ गते गिरफ्तार गरेको छ ।

असोज २० गते जनकपुरधाम उपमहानगरपालिका–४ स्थित शिवचोक स्थित एक होटलमा चार जना युवाले आफूलाई सामूहिक बलात्कार गरेको पीडित बालिकाले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।

आरोपितविरुद्ध पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा असोज २२ गते उजुरी दिएकी थिइन् । पीडित बालिकाको सोही दिन प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको छ ।

पीडित बालिकाले दिएको उजुरीको आधारमा आरोपित यादव र आलमलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।

घटनामा संलग्न दुई जना फरार रहेकाले उनीहरूको खोजी कार्य भइरहेको डिएसपी मिश्रले बताउनु भयो ।


दिपेन्द्रप्रसाद सिंह