बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज २८ गते

२४ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छायाँनाथ रारा नगरपालिका- १२ का २३ वर्षीय जंग बिकलाई असोज २५ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले घरमा कोही नभएको मौका पारी बोल्न र हिडडुल गर्न नसक्ने अशक्त महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २३ गते प्रहरी चौकि पुलुमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय मुगुका इन्स्पेक्टर भिमदत्त जोशीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण सामुदायिक अस्पताल रिउसबाट गएको स्वास्थ्यकर्मीको टोलीले पीडितको घरमै पुगेर गरेको जिल्ला अस्पतालमा कार्यरत डाक्टर सुसिल मल्लले जानकारी दिनुभयो ।


जीवन सेजुवाल