बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज २७ गते

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतामाई गाउँपालिका–८ पाँवुका ३२ वर्षीय शम्सेरबहादुर केप्छाकी मगरलाई असोज २५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असोज १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १७ गते जिल्ला प्रहरी कार्यालय बोक्सेमा उजुरी दिएको थिए ।

उजुरी लगत्तै आफन्तकोमा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भुट्टारबाट खटिएको टोलीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज १७ गते गरिएको छ ।

 


भरत खड्का