बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज २७ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका—६ रामपुरका २८ वर्षीय समिर चौधरीलाई असोज २५ गते गिरफ्तार गरेको छ ।
असोज २४ गते साँझ धान काटेर फर्किने क्रममा बाटोमा एक्लै देखेपछि आरोपित चौधरीले बालिकाको मुख थुनेर बलात्कार गरेपछि असोज २५ गते आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय, सुखडमा उजुरी दिएको पीडितकी काकीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई असोज २५ गते गिरफ्तार गरी थप अनुसन्धानका लागि जिल्ला  प्रहरी कार्यालय,कैलालीमा पठाइएको इलाका प्रहरी कार्यालय, सुखडका डिएसपी सागर बोहराले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २६ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।


मैनामोती चौधरी