बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज २७ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कल्याणपुर नपा–८ का २० वर्षीय मोहमद अख्तरलाई असोज २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २४ गते बलात्कार गरेको आरोपमा असोज २५ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २५ गते गरिएको छ ।


दुर्गा परियार