बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज २३ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका१३ का २६ वर्षीय मनबहादुर मुसहरलाई असोज २२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितलाई असोज २२ गते राति बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध रातिनै जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा मौखिक उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई सोही बेला गिरफ्तार गरिएको र उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी मोहन बहादुर खाँणले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

उहाँले पीडित पक्षले आरोपितविरुद्ध असोज २३ गते लिखित उजुरी दर्ता गराएको जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २३ गते भरतपुर जिल्ला अस्पताल चितवनमा गरिएको छ ।


तिर्थराज डुम्रे