बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज २२ गते

१९ वर्षीया महिलालाई असोज १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले लालझाडी गाउँपालिका–४ डाडाजाइका २० वर्षीय सनिदेवल रानालाई असोज २१ गते गिरफ्तार गरेको छ ।

पीडितका आफन्तले असोज २० गते इलाका प्रहरी कार्यालय, बेलौरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले इन्सेक प्रतिनिधिलाई फोन सम्पर्कबाट बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २० गते महाकाली अस्पतालमा गरिएको छ।


कोमलनिरन्जन भाट