बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज २२ गते

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असोज २० गते घरमा कोही नभएको समयमा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असोज २० गते इलाका प्रहरी कार्यालय गैंडाकोटमा मैखिक उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख इन्स्पेक्टर चन्द्र बहादुर थापाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

उहाँले आरोपितविरुद्ध असोज २१ गते लिखित उजुरी दर्ता भएको जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २० गते भरतपुर जिल्ला अस्पतालमा गरिएको छ ।


तिर्थराज डुम्रे