बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज १९ गते

१४ वर्षीया बालिकालाई असोज १७ गते बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–७ का ३५ वर्षीय पाँचु सरदारलाई असोज १८ गते घरैबाट गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दिएको उजुरी असोज १९ गते दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असोज १८ गते गरिएको छ ।


मनोहरकुमार पोखरेल