बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज १७ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्वर्गद्धारी नपा–१ का १८ वर्षीय कृष्ण घर्तीलाई असोज १६ गते गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले असोज १२ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले घरबाट गिरफ्तार गरी अनुसन्धानका लागि म्याद थप गरी गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु पौडेलले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण असोज १५ गते जिल्ला अस्पताल, बिजुवारमा गरिएको प्रहरीले जनायो ।


रविन्द्र पाण्डे