बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई असोज १२ गते बलात्कार गरेको आरोपमा प्रहरीले कटहरिया नपा–१ भसेढवा परसवनी टोलका ३५ वर्षीय इन्दल दासलाई सोही दिन गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रवि रवालले जानकारी दिनुभएको छ ।
पीडित बालिकाको बुबाले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय कटहरियाबाट सई लतिफ अन्सारीको कमाण्डमा गएको टोलीले आरापित दासलाई उनको घरबाट गिरफ्तार गरेको सई अन्सारीले बताउनु भयो ।
पीडित बालिकाका बुवाले इलाका प्रहरी कार्यालय गरुडामा असोज १३ गते उजुरी दिएपछि आरोपितविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरिएको डिएसपी रबि रवालले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गौरमा असोज १३ गते भएको छ ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
एक सातादेखि विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित
खार्पुनाथ गाउँपालिका–१ स्थित कैलाश आधारभूत विद्यालयमा ०७७ चैत २९ गतेबाट तालाबन्दी हुँदा विद्यार्थीहरूको पठनपाठन प्रत्यक्ष रूपमा प्रभावित भएको छ । प्रधानाध्याक नियुक्तिमा दलीय विवाद हुँदा सो विद्यालयका विद्यार्थीहरूको पठनपाठन प्रभावित…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
३२ वर्षीया महिलालाई ०७७ चैत १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले बाँके जिल्ला कोहलपुर नपा–२ आनन्दनगरका ३२ वर्षीय रमेश मिजारविरुद्ध वैशाख ६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएको…
स्थानीयद्वारा रेडियो श्रीनगरमा तोडफोड गरेको व्यवस्थापनको आरोप
अदानचुली गाउँपालिका–२ मा रहेको रेडिया श्रीनगरमा अदानचुली गाउँपालिकाका केही स्थानीयले वैशाख ३ गते तोडफोड गरेको रेडियो व्यवस्थापनले आरोप लगाएको छ । रेडियोमा कोही नभएको मौका पारी अदानचुली गाउँपालिका–२ श्रीनगरका २१…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ६ गते)
वैशाख ६ गते १ हजार २ सय २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८५ हजार ९ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले कावासोती नपा–२ लोकनाथ पोख्ररेललाई गिरफ्तार गरेको छ । कावासोती नपा–२ स्थित एक होटलमा यौन व्यवसाय सञ्चालन हुँदै आएको सूचनाका आधारमा प्रहरीले…