बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज ८ गते

८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पीडितकै १६ वर्षीय दाजुलाई असोज ७ गते काठमाडौँबाट गिरफ्तार गरेको छ ।

असोज ६ गते घरमा कोही नभएको बेला आरोपितले बालिकालाई फकाई बलात्कार गरेको अनुसन्धानमा खुल्न आएको महानगरीय प्रहरी वृत बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

आरोपितलाई असोज ७ गते नै जिल्ला अदालत काठमाडौँमा पेश गरी अुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ७ गते प्रसुति गृह थापाथलीमा गरियो ।


विमला पौडेल