बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ जेठ २७ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा-५ का ५५ वर्षीय महेन्द्रसिंह कोइरीलाई जेठ २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले जेठ २६ गते इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजेन्द्रकुमार उाध्यायले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण धरान स्थित विपी प्रतिष्ठानमा जेठ २७ गते गराउने तयारी भइरहेको प्रहरीले जनायो ।


दुर्गा परियार