बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ साउन १७ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उपमनपा–१४ पदमपुरका २२ वर्षीय प्रेम सुनारलाई साउन १५ गते पदमपुरबाटै गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन ११ गते बलात्कार गरेको भन्दै पीडितले  अभिभावकको सहयोगमा साउन १५ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको र उजुरीका आधारमा कारवाही अगाडि बढाएको इप्रका बुटवलका डिएसपी प्रतितसिंह राठोरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा  बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १५ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

यसैगरी १५ वर्षीया  बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–१७ मुडियारीका ४२ वर्षीय रामकृष्ण थारूलाई साउन १५ गते मुडियारीबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन १२ गते घरमा एक्लै भएको अवस्थामा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन १५ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको डिएसपी प्रतितसिंह राठोरले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १५ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बिसी