बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ साउन १६ गते

शारिरीक अपाङ्गता भएकी ४५ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका –७ का ३३  वर्षीय प्रज्वल दर्जीलाई साउन १५ गते गिरफ्तार गरेको छ ।

आरोपितले ०७६ पुस २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १४ गते मौखिक उजुरी दिएपछि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन १४ गते जिल्ला अस्पतालमा गरिएको छ । परीक्षणका क्रममा महिला गर्भवती भएको रिपोर्ट आएको इन्स्पेक्टर राईले बताउनुभयो ।


भविन कार्की