बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज २ गते

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले  तुलसीपुर उपमनपा -४ का २८ वर्षीय नातेदारलाई असोज २ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  भदौ ३१ गते बलात्कार गरेको भन्दै पीडितले असोज १ गते इलाका प्रहरी कार्यालय, तुलसीपुर उजुरी  दिएको इन्सेक प्रतिनिधिलाई बताउनु भयो । उजुरी आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज १ गते राप्ती प्रादेशिक अस्पतालमा गरिएको छ ।

यसैगरी, १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३१ वर्षीय पुरुषलाई असोज १ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  असोज १ गते मादक पदार्थ सेवन गरी बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय, तुलसीपुरमा  सोही दिन उजुरी इन्स्पेक्टर चक्रडम्वर पालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज १ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।


जयनारायण पुन