बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ ३१ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा९ का ४५ वर्षीय श्रीराम महतोलाई भदौ ३० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले भदौ २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध भदौ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीको पछि आरोपितलाई गिरफ्तार गरिएको सई टिकाराम पोखरेलले इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेलाई जानकारी दिनभयो ।

आरोपितलाई नवलपुर जिल्ला अदालतबाट भदौ ३१ गते म्याद थप गरी हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ३० गते भरतपुर अस्पताल चितवनमा भएको छ ।


तिर्थराज डुम्रे