बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ ३१ गते

बोलाई सम्बन्धी अपाङ्गता भएकी २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–२ का ४३ वर्षीय सूर्य विश्वकर्मालाई भदौ ३० गते गिरफ्तार गरेको छ ।

आरोपितले भदौ ३० गते घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ३० गते गरिएको छ ।


भरत खड्का