बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ २९ गते

दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु जिल्ला  शिवराज नगरपालिका–१ का २४ वर्षीय रामप्रसाद भट्टराईलाई भदौ २९ गते कपिलवस्तुबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  भदौ १२ गते गढवा गाउँपालिका–१ धानखोलास्थित  होटेलमा बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ १४ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएको र आरोपितलाई गिरफ्तार गरी दाङ ल्याइएको इप्रका गढवाका इन्स्पेक्टर भरतसिंह राठौरले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण भदौ १२ गते  लमही अस्पतालमा गरिएको थियो ।

रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–२ का २० वर्षीय नुर मोहम्मद पठानलाई भदौ २८ गते रोहिणीबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले भदौ २६ गते  बलात्कार गरेको भन्दै पीडितले भदौ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको   डिएसपी खडकबहादुर खत्रीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २६ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज