बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ २८ गते

१४ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चपुरी नपा– ८ का १५ वर्षीय हरिश बुढा, सोही ठाउँका १५ वर्षीय धर्म थापा र १७ वर्षीय प्रवाश रानालाई भदौ २५ गते गिरफ्तार गरेको छ ।

आरोपितहरूले विद्यापुरको जङ्घलमा भदौ २४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाले सोही दिन राती प्रहरी चौकी विद्यापुरमा दिएको उजुरीको आधारमा आरोपितहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

इलाका प्रहरी कार्यालय वावियाचौर र विद्यापुर प्रहरी चौकीको संयुक्त टोलीले तीनै जनालाई गिरफ्तार गरी भदौ २६ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएकोमा डिएसपी घर्तीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २५ गते पञ्चपुरी अस्पतालमा गरिएको डिएसपी घर्तीले बताउनु भयो ।


दुर्गा थापा